मेरो अनुहार मा अर्कै प्रकार को चमक थियो - भाग १


कुरा आज भन्दा ४ वर्ष अगाडिको हो । मेरो गाउ पुग्न एउटा गाउ काटेर जानु पर्ने थियो । त्यो गाउमा बस्ने एकजना केटि मलाई साह्रै मन पर्ने, उ बिना त मर्छु जस्तो हुने । मेरो जिन्दगी नै उही हो जस्तो लाग्ने हुन्थ्यो । केटि पनि सार्है राम्री, जिउडाल मिलेकी,अनुहार सबै कुरा मिलेकी । नेपाली हेरोइनहरु भन्दा त कता कता रामी…..उसलाई देखेर थुक ननिल्ने मान्छेहरु कम नै हुन्थे !!!





उस संग म प्रत्यछ्य भेटेर भने बोलेको थिईन, किनभने उसको र मेरो पढ्ने क्लास फरक थियो । उ क्लास १० मा अनि म ११ मा थिएँ । मेरो पढाई सकिए पछि बल्ल उनको पढाई सुरु हुन्थ्यो । हाम्रो क्लास बिहान ५:४५-९:४५ सम्म हुन्थ्यो भने उनीहरुको १०-४ ! त्यहि पनि कहिले काहीं आमने सामने हुँदा पनि खै किन किन उसको नजिक गएसी साह्रै डर लाग्थ्यो । मन को कुरा भन्नु त कता हो कता, उसको आगाडी मेरो एक वाक्य पनि मुख बाट फुट्दैन थियो । साथीहरु ले जिस्काउने, डर छेरुवा भन्ने गर्थे साथै उसलाई पर्पोज गर्नु भनेर निकै जुक्ति अनि साहस दिन्थे । तर आफु बाट त्यो हुन सकेको थियन । यसरि नै मेरो क्लास ११ सकिदै थियो भने उनको क्लास ११ पढ्ने दिनको सुरुवात हुदै थियो । कलेज जानु पर्दा म उनीहरुको गाउँ हुँदै जानु पर्ने थियो ।





कलेज जाँदा आउदा, अरु समयमा पनि उनि संग मेरो आँखा जुधा जुध हुन्थ्यो । म उनलाई हेरेर मुस्कुराउने गर्थें भने उनि पनि मलाई हेरेर फुस्स मुस्कान दिन्थिन । खै किन त्यसो गर्थिन् मलाई थाहा भएन ।म पनि कोहि भन्दा कम थिईन, अग्लो, गोरो , मिलेको सरिर अनि त्यहि माथि म त्यति बेला पनि मोटरसाइकलमा कलेज जान्थे । त्यति बेला मेरो बाबुको HERO HONDA SPLENDOR थियो । एकदिन कलेज जाने दिन सायद शुक्रबारको दिन थियो होला, म कलेज जादै थिए । बाईकमा उनको घर निर पुग्दा नपुग्दै मान्छेको भिड थियो । बिहान झिसमिसेको बेला राम्रो संग उज्यालो भैसकेको थिएन त्यसैले राम्रो संग मान्छे चिनिदैन थियो । सबै कलेज जाने साथी हरु पनि त्यहि भिड मा थिए । म मोटरसाइकल पार्क गरि त्यहाँ गएको १ जनालाई सर्पले टोकेर आलाप बिलाप गर्दै थिए ।





सायद बिरामीलाई के मा अस्पताल लैजाने भनेर होला, अनि मैले मुख खोलें – म संग मोटरसाइकल छ । एक जना म संग हिड्नुस, म अस्पताल पुर्याईदिन्छु भने । सबै जनाले मेरो मुख तिर हेरे अनि मलाई मोटरसाइकल त्यहाँ लिएर आउन भने । म पनि मोटरसाइकल लिएर त्यहाँ पुगेर अनि बिचमा बिरामी अनि पछाडी एक जना समात्ने मान्छे लिएर अस्पताल लागें । त्यहाँ बाट अस्पताल पुग्न १०-१२ कि.मि. थियो । बिरामी र कुरुवालाई अस्पताल मा छोडिसके पछि म कलेज फिर्ता भएँ । म गेट मा पुग्न नपाउदै क्लास का सबै साथीहरुले घेरे । त्यहि बिचमा एक जना परम सुन्दरी मेरो आगाडी उभिएर भनिन – बिरामीलाई कस्तो छ, डाक्टरले के भन्यो, केहि त हुदैन होला नि है….? त्यहि उपचार हुन्छ रे कि अन्तै लानु पर्छ रे नि भनेर १० सेकेन्डमा सबै प्रश्न गरिन् ।





त्यो प्रश्न गर्ने अरु कोहि नभएर त्यहि मैले माया गर्ने मेरो मनको परि थिईन । म दंग हुदै थिएँ, आखिर कसरि थाह भयो उनलाई मैले बिरामीलाई अस्पताल लागेको भनेर । फेरी यति धेरै प्रश्न किन भनेर अनि मैले सबै कुरा बृस्तृत मा भने पछि उनि खुसि देखिईन अनि मलाई मेरो मामालाई अस्पताल पुर्याईदिएको मा धन्यवाद भनिन । बल्ल पो खुल्यो त् रहस्य, उनले यति धेरै प्रश्न गर्नु को कारण!! उनि संगको पहिलो बोलाई थियो मेरो, मन मनै भगवानलाई लाख लाख धन्यवाद दिएँ । त्यो घटना पछि हाम्रो बोल्नु सामान्य भयो, उनको परिवार संग पनि त्यो घटना पछि नजिक भएँ । मेरो १२ को पढाई सकिदै थियो तर पनि मैले बोल्न सिवाय केहि गर्न सकेको थिईन । म आफैले आफैलाई धिकार्दै थिएँ अनि मनमा पछुतो मान्दै थिएँ आफ्नो माल उम्कने भयो भनेर…।





समय यसरि नै बित्यो । मेरो मनको कुरा मन मा नै रहयो । उनि संग सुख भोग गर्ने कल्पना कल्पनै रह्यो!! मेरो क्लास १२ पनि सकियो, त्यो उनि संग बोल्ने दिन नजिक हुने दिन पनि सकियो किनभने १२ पछि अन्तै पढ्न जानु पर्थ्यो । तर पनि मनमा हार भने खाएको थिईन । किन किन मलाई बिश्वास थियो कि मैले यो केटि पाउछु भनेर ! बिचमा धेरै समय मैले उसलाई देखिन । मन मा एक किसिमको डर पैदा भयो, कतै त्यो केटिको बिहे त भएन भनेर । पछि बुझ्दा थाहा पाएँ उनि कानको अप्रेसन गर्न आफ्नो ठुलो दाई भएको ठाउँ इंडिया गएको छन् भनेर । अब भने मन ढुक्क भयो अनि उनि आएसी मनको कुरा भन्छु अनि पट्यार रास लिला गर्छु भनेर ।





म योजना बनाउन थालें । योजना योजना मा नै सिमित थियो, उनि १ वर्ष बित्दा सम्म पनि आईनन अनि हल्ला हरु सुने, उतै दाजु भाउजु संग बसेर पढ्ने रे भनेर…! अब भने मन मार्नु बाहेक म संग अरु केहि उपाय थिएन । त्यसैले मैले उनि संग को कल्पना गरेको जीवन र रासलीला बिस्तारै भुल्न थाले । अनि अरु केटि संग रमाउन थाले । लगभग भन्न पर्दा मैले उनीलाई भुलिसकेको रहेछु । एक दिनको कुरा हो एकजना मेरो मिल्ने साथी विदेश जाने भनेर उड्नको लागि तयारी भएर गाउ घरमा सबै संग बिदाबादी भएर काठमाण्डौ हिडेको थियो । अफसोच उसलाई दलाल ले पैसा कम भयो भनेर रोकेर राखेको रहेछ । अनि उसले मलाई बेलुका ३-४ बजे खबर गर्यो गाउको फोनमा, अनि उसको घरपरिवारलाई जानकारी गराएँ ।





त्यतिबेला अहिले जस्तो नेपाल बाट नेपाल मा नै पैसा पठाउने चलन हाम्रो मा थिएन । उसको परिवारले पैसा लग्देर आज नाइट बसमा गैदिनु पर्यो भनेर बिन्ति गरे अनि भन्न थाले घरमा पैसा छैन, पैसा बाहिर छ, अब पर्यो आपत । जानु छ आज राति अनि घर मा अहिले सम्म पैसा छैन । त्यो पैसा भएको ठाउँ हाम्रो बाट २०-२५ कि.मि. टाढा थियो अनि हामी माझ एउटा योजना बन्यो । अहिले दिउसो सथिको बुवा अनि म त्यो पैसा भएको ठाउमा जाने अनि रति त्यहि खाना खाएर म काठमाडौँ लाग्ने । घर जानकारी गराएर म १ जोर बदल्ने कपडा झोलामा राखेर एउटा सानो झोला बोकेर म निस्के । योजना अनुसार पैसा बोकेर, खानासाना खाईवरी म राती ९:३० तिर सडक मा निस्के बस कुर्नलाई । त्यहाँ बाट काठमाडौँ पुग्न ५ घण्टा जति लाग्थ्यो ।





बस पनि आयो अनि मा बस मा चढे….। खलासी संग पहिला नै म पछाडी बस्दिन भनेर बार्गेनिङ गरेको थिएँ । अनि खलासीले सुरुको सिट भन्दा पछाडी सिट तिर इशारा गर्दै – उ त्यहाँ बस्नु भन्यो । अनि म त्यतै तिर लम्किए । राति मा त्यो बसको लाईट ले राम्रो संग चिनिएको थिएन । केटा हो कि केटि हो भनेर पनि चिन्न गार्हो परेको थियो……! बल्ल् बल्ल ठम्याएँ १ जना युवती बसेकी रहेछिन । खलासीले त्यहाँ गएर बस्नु भनिसके पछि मैले उ संग म बस्छु है भन्दै भन्न आवश्यक ठानिन । त्यसैले सिधै गएर झोला माथि पट्टि राखे अनि बसें। लगभग अन्दाजी म त्यहाँ बसेको ३-४ मिनेट भैसकेको थियो । मैले उसलाई कस्ती छ, कालि कि गोरि भनेर पनि राम्रो संग छुट्याउन सकेको थिइन् । बस अगाडी बढ्दै थियो, अकस्मात अगाडी बाट आएको गाडीको लाईटको प्रकाश मेरो अनुहारमा पर्यो ।





त्यही बेला त्यो म संगै बसेको केटिले ओ हो हजुर पो भनेर भनि । सायद त्यो गाडीको प्रकाशले मेरो अनुहार देखि होलि । अनि मैले उसले त्यति भनिसके पछि उसलाई नजिक बाट नै हेर्नु पर्ने भएकाले म उसको अनुहारको नजिक गएँ ताकी उसको अनुहार राम्रो संग देख्न पाइयोस । ओ हो…..सोच्नै नसकिने कुरा, यतिका वर्ष पछि यस्तो हालत मा देख्दा म त हैरान भएँ । त्यो केटि अरु कोहि नभएर त्यहि मेरो मन कि प्रेयसी प्रियंका थिईन । उसलाई देख्ने बित्तिकै म खुसीले पागल भएँ अनि ओ हो तिमि पो, सन्चै छ्यौ…? अनि कसरि यो बस मा त ? यत्रो लामो समय कहाँ थियौ ? भन्ने जस्ता प्रश्न एकै साशमा सोधें अनि उसले सबै कुरा बताई । उसको बुवा विदेश बाट भोलि आउने रे त्यसैले उ लिनको लागि हिडेको रे..!





उसलाई भेटेपछि मेरो अनुहार मा अर्कै प्रकार को चमक थियो, म निकै नै खुसि थिएँ । उ पनि हजुरलाई भेटेर खुसि लाग्यो, म त पहिला आएर बस्दा त् को रैछ, भन्ने लागेको थियो भनी । यति गफ हुदा हुदै नारायणगढ को बस पार्क आइएको थियो । अनि मैले उसलाई म केहि लिएर आउछु भनेर तल ओर्ले अनि चाउचाउ, चुइगम, कुरकुरे, पानि लियर बस मा चढें र उसलाई दिएँ । अनि हाम्रो यात्रा सुरु भयो!!! पुरानो कुराहरु सुरु भयो, उ इन्डियामा गएर दुख पाएको जस्तो कुरा हरु गरि, अनि आशु निकाली । साच्चै उसले दुख पाएको रहिछ, भाउजुले गरेको हेपेको कुरा हरु भन्दै रुदै लागि । मैले उसलाई नरुनु, अब तिमि जे भएनी नेपाल आइसकेको छौ, रुन हुदैन भनेर उसको हात बिस्तारै समाए, मलाई करेन्ट लागे जस्तो भयो ।


Comments