दुई मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु चार घाइते

सर्लाही । सर्लाहीको हरिपुर नगरपालिकामा गए राति दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुईको मृत्यु भएको छ भने चार घाइते भएका छन् । हरिपुर नगरपालिका–७ चिताइस्थित भित्री सडकखण्डमा ना२५प ६९२२ नंको मोटरसाइकल र ज२प ७८८६ नंको मोटरसाइकल एकापसमा गए राति करीब १०ः३० बजेको समयमा ठोक्किँदा ईश्वरपुर नगरपालिका–१५ का ३० वर्षीय अनिल चौधरी र ईश्वरपुर नगरपालिका–१४ का ३५ वर्षीय अशोक चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक दुवै मोटरसाइकल चालक हुन् ।दुवै मोटरसाइकलमा चालकसहित तीन÷तीन जना बसेका थिए । मोटरसाइकलको पछाडि बस्ने चारै जना घाइते भएको सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठोरले जानकारी दिनुभयो । ना२५प ६९२२ नंको मोटसाइकल पछाडि बस्ने अच्छेलाल चौधरी र रामबाबु चौधरी समान्य घाइते छन् ।दुवैको स्थानीय अस्पतालमा उपचार गराई घर फर्केका छन भने ज२प ७८८६ नंको मोटरसाइकल पछाडि बस्ने ईश्वरपुर नगरपालिका–१४ का १७ वर्षीय धीरेन्द्र चौधरी र लालबन्दी नगरपालिका–२१ का सन्तोष चौधरी गम्भीर घाइते भएका छन् । गम्भीर घाइतेदुवैलाई उपचारका लागि वीरगञ्ज अस्पताल सिफारिस गरिएको छ भने मृतकको शव परीक्षणका लागि सर्लाही अस्पताल मलङ्गवामा राखिएको छ ।काठमाडौं ।

४.५ किलोमिटरको नागढुंगा–सिस्नेखोला सुरुङमार्गको ठेक्का जापानी कम्पनीले पाएको छ । बहुप्रतिक्षित सुरुङमार्ग निर्माणका लागि चीन, भारत, टर्की , कोरिया, जापान र नेपालका ३९ कम्पनी टेन्डर प्रतिस्पर्धामा रहे पनि जापानी हाज्मा कम्पनीले पाएको हो ।अब हाज्माले अर्को कम्पनी आन्दोसँग मिलेर सुरुङमार्ग बनाउनेछ । सवा १३ अर्ब रुपैयाँमै सुरुङमार्ग निर्माण गर्न सहमत भएको र सोही अनुसार हाज्मा र आन्दोलाई जिम्मा दिन लागिएको सडक विभागले जनाएको छ ।हाज्मा कम्पनीको ठेक्का रकम कम र सो रकममा पनि ७० करोड रुपैयाँ घटाउन मन्जुर भएपछि निर्माणको ठेक्का उसैलाई दिने निर्णय भएको सडक विभाग वैदेशिक महाशाखाका प्रमुख अर्जुनजंग थापाले बताए ।असार मसान्तसम्ममा कम्पनीसँग ठेक्का सम्झौता भइसक्ने र आगामी हिउँदबाटै काम सुरु गरी ठेक्का सम्झौता भएको ४२ महिनाभित्र निर्माणको काम पूरा हुने जनाइएको छ ।हाज्माले कोटेश्वर–सूर्यविनायक सडक र बिपी राजमार्ग निर्माण गरिसकेको छ । हाज्माले लिएको सबै काम समयमा नै सकिएको देखिएका कारण नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माणको काम पनि निर्धारित समयमा नै सक्ने विश्वास गरिएको छ ।

The post दुई मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु चार घाइते appeared first on Anedia Nepal.

Comments