धुर्मुस सुन्तली फाउण्डेसनले चितवनमा निर्माण गरिरहेको गौतमबुद्ध अन्तराष्ट्रिय रंगशालामा स्थनिय नेकपाका नेता प्रकाश कँडेलको नेतृत्वमा जेठ १५ गते बिहानै डोजर चलाए पछि केहि दिन रंगशाला डोजर काण्डले राम्रै तरंग सिर्जना गर्यो स्थानियले रंगशालाको कारण आफ्नो उठिबासनै लाग्न लागेको भन्दै रंगशाला निर्माण स्थलमा डोजर चलाएका थिए ।डोजरनै चलाउँनु पर्ने स्थिती एकाएक नबनेको तर मेयर रेणु दाहालले स्थानियको माग पुरै वेवस्ता गरेर पेल्न खोजे पनि स्थिती बिग्रीएको खुलासा भएको छ । समाचार स्रोतका अनुसार रामपुरका स्थानियले केहि समय अधि नै भरतपुर महानगरपालीकाकी मेयर रेणु दाहाललाई आफ्ना माग राखि ध्यानाकर्षण गराएका थिए । तर एकतर्फी रुपमा धुमुर्स सुन्तलीको मात्रै पक्षपोषण गरेर स्थानियको मागलाई मेयर दाहालले पुरै वेवास्ता गरेर अघि बढे पछि स्थिती डोजर काण्ड सम्मै पुगेको बताइएको छ ।
चितवनको भरतपुर महानगरपालिकाको रामपुरमा बन्ने भनिएको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माणका क्रममा देखिएको विवाद मिलाउन स्थानीयले मेयर रेणु दाहाललाई गत पुस महिनामै लिखित रुपमा जानकारी गराएको तथ्य बाहिर आएको छ ।
रामपुरसहित आसपासका प्रभावित स्थानीयले रंगशाला निर्माणका क्रममा आफूहरूलाई परेको समस्याका बारेमा वडा नम्बर १६ का वडाध्यक्ष चतुरमान गुरुङलाई पुस महिनामा जानकारी गराएका थिए ।
वडाध्यक्ष गुरुङले रंगशाला निर्माण गर्ने जिम्मेवारी लिएको ‘धुर्मुस–सुन्तली फाउण्डेशन’ र स्थानीय जनताबीच देखिएको सडक विस्तारको विवाद आफूले मिलाउन नसक्ने भन्दै मेयर रेणु दाहाललाई पुसको २९ गते पत्र लेखेर पठाएका थिए ।
वडाध्यक्ष गुरुङको पत्रसँगै रंगशाला प्रभावित स्थानीय जनताको ज्ञापनपत्र, माग र हस्ताक्षर गरिएको दस्तावेज जस्ताको त्यस्तै मेयर दाहाललाई पठाइदिएको दैनिक नेपाललाई प्राप्त दस्तावेजमा उल्लेख छ । विवाद मिलाउन मेयर दाहालले कुनै पनि पहल नगर्नुलाई स्थानीयले रहस्यका रुपमा लिएका छन् ।
रंगशाला बनाउने बहानामा स्थानीयको कुरै नसुनेर ‘धुर्मुस–सुन्तली फाउण्डेशन’का मालिक सीताराम कट्टेल र कुञ्जना घिमिरेले पेलेरै अगाडि बढ्न खोजेपछि पाँच महिनापछि स्थानीयको आक्रोश ‘धुर्मुस–सुन्तली’ र मेयर रेणु दाहालले अहिले सामना गर्नु परेको छ ।
राष्ट्रिय कलाकारको छवि बनाएकार सीताराम कट्टेल र कुञ्जना घिमिरेले सामाजिक सञ्जाल र युट्युब अन्तर्वार्ताहरूमा अत्यन्तै तल्लो, कानून र संविधानले नै बन्देज लगाएका शब्दावली प्रकाश कँडेलसहितका स्थानीयविरुद्ध अभिव्यक्ति दिएपछि विवादले उग्ररुप लिएको थियो ।
समय रहँदै मेयर दाहाल र ‘धुर्मुस–सुन्तली’ले स्थानीयको माग सम्बोधन गरेको भए सडकमा लगाइएको बार हटाउने अवस्था नै आउने थिएन । समय हुँदासम्म मेयर दाहालले समस्या समाधानमा पहल नै नगरेको स्थानीयको भनाइ छ ।
बार हटाएको बहानामा पक्राउ परेका प्रकाश कँडेलसहितका व्यक्तिहरू स्थानीय तहको निर्वाचनका बेला रेणु दाहाललाई मेयरमा जिताउन विशेष भूमिका खेलेकै व्यक्तिहरू हुन् ।
उनीहरूलाई पक्राउ गरेर हदैसम्मको कारबाही गर्न र क्षतिपूर्ति तिराउन माग गर्दै मेयर रेणु दाहालले विज्ञप्ति नै जारी गरेपछि प्रकाश कँडेलका आफन्त र शुभेच्छुकहरू रिसाएका छन् । प्रकाश कँडेलकी दिदीले नै मेयरको उम्मेदवार बनेर प्रचार प्रसारमा हिँडेका बेला रेणु दाहाललाई आफ्नै घरमा राखेर खानपिन गराउने गरेको प्रकाश कँडेलकी दिदीले आफ्ना अन्तर्वार्ताहरूमा बताएकी छिन् ।
पक्राउ परेका प्रकाश कँडेलसहितका व्यक्तिको रिहाइ र रंगशाला निर्माणका क्रममा देखिएको सडक विस्तारको विवादलाई समाधान गर्न माग गर्दै स्थानीयहरूले मंगलबार भरतपुर महानगरपालिकाको कार्यालयमा धर्ना र घेराउ गरेका छन् ।
बार हटाएको विषयलाई लिएर सीताराम कट्टेल र कुञ्जना घिमिरेले रंगशाला निर्माणको कार्यबाट हात झिक्ने भित्री तयारी गरेको स्थानीयको आरोप छ । जस्तापाताको बार लगाउँदा ६०–७० लाख खर्च भएको सीताराम कट्टेल र कुञ्जना घिमिरेले आफ्ना अन्तर्वार्ताहरूमा बताउने गरेका छन् ।
जस्तापाताको बारमा नै यति धेरै रकम खर्च गर्ने ‘धुर्मुस–सुन्तली फाउण्डेशन’को अपारदर्शिताका विषयमा पनि प्रश्न उब्जिन थालेको छ ।
स्थानीयहरूले ‘धुर्मुस–सुन्तली फाउण्डेशन’लाई रंगशाला निर्माणका बहानामा संकलन भएको पैसा र खर्च विवरण सार्वजनिक गर्न पनि माग गरेका छन् । स्थानीयहरूको यो मागलाई सीताराम कट्टेल र कुञ्जना घिमिरेलाई चित्त बुझको छैन ।
छुट्यो कीडोजर काण्ड बल्झने खतरा !धुर्मुुस सुन्तली फाउण्डेसनले चितवनको रामपुरमा निर्माण गरिरहेको गौतम बुद्ध अन्तराष्ट्रिय रंगशाला एक पछि अर्को विवादमा पर्दै गएको छ । निर्माण घोषणा गरेको पहिलो दिन देखिनै विभिन्न विवाद र प्रश्नहरुको घेरामा रहेको रंगशालामा पछिल्लो समय थप पेचिलो विवाद बनिरहेको छ । जेठ १५ गते विहानै स्थानिय नेकपाका नेता प्रकाश कँडेलको नेतृत्वमा गएको समुहले धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गरिरहेको रंगशालामा डोजर चलाएपछि यस बिषयले देशैभरी सनसनी मच्चीएको छ । सुरुवाती दिन देखिनै अपेक्षाकृत सहयोग रकम नउठेर तनावमा रहेका धुर्मुस सुन्तलीलाई पछिल्लो डोजर काण्डले थप झस्काइदिएको छ ।
फाउण्डेसनले रंगशाला निर्माणको घोषण गरेको दिनदेखिनै यस्ता प्रोजेक्ट सरकारले बनाउँने की व्यक्तिले बनाउँने भन्ने प्रश्नको सामना गरिरहेको फाउण्डेसन पछिल्लो समय राजिनितिक दाउपेचको पनि सिकार भएको छ । धुर्मुस सुन्तली फाउण्डेसनले अहिले सम्म पुरा गरेको प्रोजेक्ट भन्दा यो प्रोजेक्ट सबैभन्दा ठुलो रकमको हो । ३ अर्ब लागत लाग्ने मा मंहगी बढ्दा उक्त रकम अझै बढ्न सक्छ । हालसम्म अन्यन्त न्युनमात्र सहयोग रकम संकलन भएको मा रंगशालामा अनेकौँ विवाद र दाउपेच चलिरहँदा सहयोगी दाताहरु पनि सशंकित भएका छन् । रंगशाला बन्ने होकी नबन्ने हो भन्ने संशय पैदा भएको छ । किनकी धुर्मुस सुन्तली आफैले सहयोग उठेन भने र स्थानियलेनै सहयोग गरेनन् भने रंगशाला बनाउँन नसकिने अभिव्यक्ति दिइरहेका छन्।
जेठ १५ गतेको डोजर काण्ड पछि कुञ्जना घिमिरे सुन्तलीले दिएको अभिव्यक्तिका कारण पनि सहयोगी दाताहरु केहि भाँडिएका छन् यधपी यस विषयमा धुर्मुसले कसैमा चोट पुगेको भए माफी मागी सकेका छन् । भरतपुर महानगरपालीकाकी मेयर , चितवनका जनप्रतिनिधी , स्थानिय राजनितिक दलका प्रतिनिधी , स्थानिय अगुवा लगायतको पहलमा समस्या समाधान गरि निर्माण कार्य फेरी प्रारम्भ गरिएको छ तर यस विचमा धुर्मुसलाई फेरी अर्को पिरलो आईपरेको छ । प्रतिबन्धीत विप्लव नेकपाले धुर्मुस सुन्तली फाउण्डेसनलाई तत्काल रंगशाला निर्माण कार्य रोक्न अल्टीमेटम दिएको छ । विश्वविधालयको जग्गामा कुनै हालतमा रंगशाला निर्माण गर्न नदिने भन्दै धम्कीपुर्ण विज्ञप्ती जारी गरेको छ । विप्लवको विज्ञप्तीबाट अवस्था थप बिग्रन सक्ने सम्भावना छ किनकी उक्त पार्टीले अटेर गरेर काम गरिरहे जे पनि हुन सक्ने आशयको धम्कीपुर्ण विज्ञप्ती जारी गरेको छ ।
यस विषयमा फाउण्डेसनका अध्यक्ष धुर्मुुुस सँग कुराकानी गर्दा आफुले पनि विज्ञप्ती पढेको तर यस विषयमा अहिले केहि नबोल्ने प्रतिक्रिया दिए । ओटीभी नेपालसँग कुराकानी गर्दै धुर्मुुुसले आफु अनेक लफडाले थकित भएको प्रतिक्रिया दिए । विप्लव नेकपाले आगामी कदम कसरी अघि बढाउँछ त्यो हेर्न बाँकीनै छ । अनेकौँ विवादमा रंगशाला परिरहँदा सहयोगी दाताहरुलाई धुर्मुस सुन्तलीले कसरी रिझाउँन सफल हुन्छन् यसैले चितवनमा निर्माणधिन गौतम बुद्ध अन्तराष्ट्रिय रंगशालाको भविश्य निर्धारण हन्छ । ‘३ अर्बको प्रोजेक्ट अरु कसको छोराछोरीले बनाउँन सक्छ हेरौँ त’ भन्ने सुन्तलीको वाणी पनी धुर्मुसलाई महंगो पर्न सक्ने अनुमान गरिएको छ ।
The post रेणुकै कारण रंगशालामा डोजर लागेको खुलासा appeared first on Anedia Nepal.
Comments
Post a Comment