लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका वडा नं. ७ करापुटारमा एक गणेश मन्दिर छ । मिदिम खोलाको छेउमा रहेको उक्त मन्दिर अन्य मन्दिर भन्दा निकै फरक रहेको छ । मन्दिर बाहीरबाट हेर्दा सबै ठुलो पिपलको बोटले छोपेको छ । स्थानिय चोलनाथ घिमिरेका अनुसार मन्दिर पहिला ढुङ्गाको गाह्रोले बनाइएको थियो । मन्दिर माथी सानो पिपलको बिरुवा उम्रियो र अहिले उक्त पिपलको बोट ठुलो भयो । पिपलको बोटले पुरै मन्दिर छोपेको छ ।
अहिले सो मन्दिरमा पुग्ने सर्वसाधारणलाई निकै अनौठो लाग्ने गर्दछ ।पिपलको बोट ठुलो भएकाले मन्दिरको ढोकाबाट छिर्नै नसकिने भएकाले पिपलको बोट तासेर ढोका बनाइएको छ र सो ढोकामा गेट लगाइएको छ । करापुटारमा रहेको उक्त मन्दिर नजिकै शिवको मन्दिर छ जहाँ शिवरात्रीमा निकै ठुलो मेला लाग्ने गर्दछ ।
शिव मन्दिरमा सोती थरका पुजारीहरुले पुजा गर्दै आएका छन् भने गणेश मन्दिरमा घिमिरे थरका पुजारीहरुले पुजा गर्दै आएका छन् ।पछिल्लो समय सो क्षेत्रका धार्मिक स्थलको विकासका लागि इशानेश्वर महादेवप मन्दिर क्षेत्र विकास समितिले उक्त ठाउँको विकासका लागि काम गर्दै आईरहेको धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष रामचन्द्र घिमिरे शास्त्रीले बताउनुभयो ।
यो पनि पढ्नुहोस्: सुन्दै अचम्म लाग्ला तर नक्कली कागजपत्र बनाएर पिच बाटो नै ३ पटक बेचियो (पुरा भिडियो) – धुलिखेलमा अवस्थित कालो पत्रे मूल सडकखण्ड ३ पटक बेचिएको खुलाशा भएको छ। साविक धुलिखेल नगरपालिका-३ (क) को कित्ता नम्बर ६५२ को ३ आना जग्गा धुलिखेल २८ किलोस्थित काठमाडौं विश्वविद्यालय जाने सडक तलको जग्गा देखाएर २२ लाखमा बेचिएको हो ।
उक्त जग्गा ३ पटक बिक्री भइसकेको छ । खरिद गर्ने कृष्णराम दुवाल, लक्ष्मीप्रसाद प्रजापति र प्रवीण बाटीको उजुरी आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । २०७६ वैशाख १५ गते प्रहरीलाई दिएको जाहेरीमा नक्कली ट्रेस नक्सा बनाई, अरूको जग्गा देखाई विश्वास दिलाएर पिच सडक बिक्री गरेको उल्लेख छ । प्रचलित मूल्यभन्दा निकै सस्तोमा जग्गा पाएपछि लोभिएर किन्दा जग्गा किन्ने व्यक्ति फसेको देखिन्छ। २०७५ असोज ५ गते कृष्णराम दुवाल, लक्ष्मीप्रसाद प्रजापति र प्रवीण बाटीले १२ लाख मूल्यांकन राखी २२ लाखमा खरिद गरेका हुन् ।
धुलिखेल नगरपालिकाको वडाध्यक्ष रवीन्द्र कर्माचार्यले भने, ‘मैले कार्यालयमा आएको केहि व्यक्तिलाई उक्त कित्ता त सडकमा पर्छ त्यसैले केहि गर्न मिल्दैन भनेर फर्काएको थिए। मालपोतले केहि जाँच नै नगरी पास गर्यो म त सरकारलाई नै दोष दिन्छु। यहाँ रहेको पिच प्राय व्यक्तको नाममा छ। सरकारले तिरो लिने गर्छ। सरकारले जाँच गरी तिरो खट्टा गर्ने पर्ने देखिन्छ। उक्त जग्गा पुरानै सिफारिसमा ३ पटक वक्री भएको छ।’
उनले थपे, ‘जग्गा बेच्नेले पिच मुनिको जग्गा देखाएर जग्गा भेचिएको रहेछ। पुरानै सिफारिस देखाएर पास गरेछन्, त्यस्तो सिफारिसको म्याद ३५ दिन मात्रै हो।’ भिडियो हेर्नुहोस :
The post ठुलो पिपलको रुख भित्र भगवान श्री गणेशको मन्दिर (भिडियो सहित) appeared first on Anedia Nepal.
Comments
Post a Comment