काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी विप्लव नेतृत्वको प्रवास संगठ नेपाली जनप्रगतिशिल मोर्चा साउदीको चौथो अधिवेशन सम्पन्न भएको छ । संसारका श्रमिक तथा उत्पीडित जनता एकजुट हौँ !! स्वाभिमान समानता र रोजगारी ग्यारेन्टीको लागि प्रवासी मजदुर एक हौं!! विचार संप्रेषण गर्दै नेपालमा वैज्ञानिक समाजवाद स्थापन गरौं !! भन्ने मुल नाराका साथ सम्पन्न अधिवेशनले १९ सदस्यीय कार्यसमिति समेत चयन गरेको छ । नयाँ कार्यसमितिमा युबराज कार्की (शिखर) अध्यक्ष, सेते घर्ती मगर (कसम) उपाध्यक्ष तथा टिकाराम वलि (सुरेश) महासचिव रहेका छन् ।
तिर्थ पाख्रिनको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शिखरले गरेका थिए । ज्ञात अज्ञात सहिदप्रति मौनधारणबाट सुरु गरिएको कार्यक्रममा दिपेश परियारले स्वागत मन्तव्य राखेका थिए । उनले नेपालको दलाल प्रवासमा ब्याप्त भएकै कारण नेपाली जनप्रगतिशिल मोर्चाले त्यसको डटेर सामना गर्ने उद्घोष गरे ।
त्यस्तै महासचिव सुरेशले प्रवाशमा रहेर आफ्नो धन्दा व्यवासाय चलायर आफुलाई खाती समाजसेवी भन्दै दलालि गर्नेविरुद्ध लड्ने घोषणा गरे । उक्त कार्यक्रममा बोलदे एनआरएनका सदस्य धर्म केसीले नेपाली राजनीतिमा एकमात्र प्रष्ट र देश भक्त रहेको पार्टी नेपाल् कम्युनिष्ट पार्टी विप्लव नेतृत्वक नेपा रहेको जिकिर गरे ।
उनले साउदिमा पनि यो संगठनको भरपुर खाचो रहेकोमा जोडदिए । नेपालमा उक्त पार्टीलाई प्रतिबन्ध लगाएकोमा उनले सरकारको कडा आलोचना समेत गरे । कार्यक्रममा सहिद पुत्र दुर्गा वलीले कवितामार्फत हामी प्रतिबन्धित मान्छे अब प्रतिवाद गर्दै थप प्रतिवद्ध हुनुपर्ने बताएका थिए ।
नेपाली जनप्रगतिशिल मोर्चाका सल्लाहकार दिल सुब्बाले आफ्नो भनाइ राख्दै हिजो पनि लडी आएको र आबश्यक परे राज्यको नलायकपन, भ्रष्टाचार, घुसखोर दलालहरुकोविरुद्ध प्रतिवाद गर्न नेपाल फर्किन तयार रहेको बताए । मोर्चाका पूर्वअध्यक्ष तथा सल्लाहकार भानु प्रदेशीद्वारा गतिशील भाइचारा मोर्चाहरुले पठाएको शुभकामना बाचन गरिएको थियो ।
कार्यक्रममा अन्य वक्ताहरुले पनि मुक्त कण्ठले साउदिमा नेपाली जनप्रगतिशिल मोर्चा हिजो भन्दा झन दर्त गतिमा अघि बढोस भन्ने शुभकामना दिएका थिए ।
कार्यक्रमको समापन गर्दै नेपाली जनप्रगतिशिल मोर्चा चौथो अधिवेशन सभा अध्यक्ष तिर्थ पाख्रिनलेले हामीले राज्यलाई टेवा पुग्ने काम गर्दा पनि राज्य हामीलाई मान्दैन र हामीलाई प्रतिबन्ध लगाउछ तर, आफ्नै भातृसंगठनले राज्यकै आडमा प्रवासमा दलाली चलाउदा पनि राज्यले संरक्षण गर्छ भनेर आक्रोश पोखे । उनले विदेशमा बसेर दलाली धन्दा चलायर हुन्डी व्यवसाय चलाउने राज्य संरक्षितहरुको प्रतिवाद गर्न आफूहरु तयार रहेको प्रष्ट पारे ।साउदी मोर्चाको नयाँ कार्यसमितियुवराज कार्कीकसम घर्ती मगरशुरेस ओलिप्रवीण जिसी,बिपिन शर्मासचिवालय सदस्यहिक्मत रोक्कामगर, राम थापाकैलाश मैनालीगणेश अर्यालइन्द्र बि कइस्लाम अलि
सदस्य
थोम गुरूड़्माधब घिमिरेशन्देश मगरतोया भट्टकेदार रावतमोहन बिकराम खत्रीबिर ब खड्का ब
मोर्चा सल्लाकारमा
दिल शुब्बातिर्थ पाख्रिनभानु पर्देशी
The post विदेशमा बसेर दलाली र हुन्डी चलाउनेको प्रतिवाद गर्ने विप्लव नेतृत्वको प्रवासी संगठको उद्घोष appeared first on Anedia Nepal.
Comments
Post a Comment