पाकिस्तानमा गयो भुकम्प ! क्षतिको विवरण आउँन बाँकी

काठमाडौं । नेपालमा एकजना अर्जुन क्षेत्री नाम भएका ज्योतिषले नेपालमा भुकम्प आउँछ भन्दै हिडेर जनतामा त्रास फैलाएका थिए । उनी अहिले प्रहरी नियन्त्रणमा रहेका छन् । उनले समय नै तोकेर नेपालमा भुकम्प जाने भन्दै दावा गर्दै आएका थिए । उनले हिजो नेपालमा भुकम्प जाने बताएका थिए । उनले बताएका कुराहरु गलत्त सावित भएका छन् ।

तर अर्को तर्फ नेपालमा भुकम्पको खत्तरा अझै रहेको विज्ञहरु बताउँदै आएका छन् । नेपालीहरु आत्तिनुपर्ने अवस्था नभए पनि सचेत बन्नुपर्ने बेला भने अवश्य आएको छ । नेपाल विश्वमा भुकम्पको जोखिम भएका देशहरु मध्यको एक देश हो । यो बिचमा पाकिस्तानमा शक्तिशाली भुकम्पको धम्का महसुस गरिएको छ । 

पाकिस्तानी सञ्चारमाध्यमहरुले दिएको जानकारी अनुसार आज बिहानै मलकंद, स्वात, शांगला, बटरग्राम, मानसेहरा र एबटाबादमा ठुलो धक्का महसुस गरिएको हो । राष्ट्रीय भूकम्प निगरानी केन्द्र पाकिस्तानका अनुसार २० किलोमीटर तलबाट भुकम्पको आएको बताइएको छ । बुधवार पेशावर क्षेत्रमा अलग–अलग शहरमा ५ रेक्टर स्केलको भुकम्प आएको हो ।

यसको केन्द्र बाफ्फा, खैबर पख्तूनख्वा, पाकिस्तानमा रहेको जानकारी दिइएको छ । यो भन्दा पहिले २ फेब्रवरीमा खैबर पख्तूनख्वा (केपी) र पञ्जाबका फरकफरक स्थानमा ५.८ रेक्टर स्केलको भुकम्प गएको थियो । तपाईलाई जानकारी गराउँ आज गएको भुकम्प ५ रेक्टर स्केलको हो । भूकम्को झट्का इस्लामाबाद, रावलपिंडी, पेशावर, मर्दन, सरगोधा, लाहोर डर, स्वाबी, डीआई खान लगायतका अन्य शहरमा महसुस गरिएको थियो ।

जब भुकम्पको धक्का महसुस भयो तब मानिसहरु पवित्र क़ुरान पढ्दा पढ्दै मस्जिद बाहिर साथै घर बाहिर आएका थिए । क्षेत्रीय भूकम्पीय निगरानी केन्द्रका अनुसार, भूकम्प ५.८ रेक्टर स्केलको मापण गरिएको थियो । यसको केन्द्र अफगानिस्तानको हिन्दुकुश पर्वत देखि ८० किलोमीटर गहिराईमा रहेको थियो । आज गएको भुकम्पले के कति क्षति भएको भन्ने कुराको जानकारी आएको छैन । एएनवाई न्युज

 

 

The post पाकिस्तानमा गयो भुकम्प ! क्षतिको विवरण आउँन बाँकी appeared first on Anedia Nepal.

Comments