गित चोरी काण्ड : “भगरी चरी”गीतबाट एकाएक चर्चामा आएका तेजस रेग्मी माथि मोडल जीवन खडकाको कडा प्रहार,हेर्नुहोस (भिडियो)
काठमाडौं-नेपालि गीतसंगीतमा पछिल्लो समय गित नया सृजना भन्दा पनि सृजना चोरी गर्ने प्रचलन निकै नै बढेको छ । पुराना सर्जकले बनाएका गीतमा लय जुधाउने मेरो नया सिर्जना भनेर छाती फुलाउने कलाकारको बिगबिगी बढेको छ । अग्रज कलाकारहरुको सृजना चोरेर नया सृजना बजारमा आएका छन् भन्दै मिडिया बाजी गर्छन कलाकार । के संगीतमा कुनै कानुन र विधा हुदैन त् ? के कानुन छैन संगीतको ? के निकाय नै छैन ? नेपाली लोक दोहोरि क्षेत्रका लय तथा कथा चोरि हुनु कुनै नौलो घटना भने होईन । यद्दपी कसैको सृजना चोरी गर्नुलाई राम्रो मानिदैन । कालाकार हु भनेर छाती फुलाएर भन्नु भन्दा पनि अरुले सो कलाकारको तारिफ गर्नु पर्छ । गलाकला र आफैमा सृजना हुनु पर्नेमा अरुको सृजना चोरी गरी खाने भाँडो बनाउनु चाँही गलत हो ।
पुराना चलेका सृजना चोरी गर्दा छोटो समयमा नै चर्चामा आउने दाउ होला । “भखरै बजारमा आएको तेजश रेग्मीको लय तथा शब्द सिर्जना स्वयम् आफै र नयाँ गायिका कुशुम बुढाथोकीको आवाजमा सगुन शाही र संचिता शाहीको अभिनय रहेको गित सार्वजनिक गरेको केहि समयबाट नै बिबादमा तानिएका छन् ।
“वनपाले”गित रेग्मीले आफैले सृजना गरेका छन् तर यो गित पुरानो रेसम सापकोटा,विष्णु माझि र प्रकाश क्षेत्रीको दशैँ गित “बाटो हेरे हुन्छा है घरमा” र केहि समय अगाडी आएको गित खुमन अधिकारि र पूर्णकला बिसीले गएको “मायाको झोला”गीतमा हुबहु लय मिलेको दर्शक स्रोताले आकलन गरेका छन् । यति गर्दा पनि प्रतिष्ठान मौन रहेको छ । युटुबमा समेत कमेन्ट आएका छन् ।यसै बिचमा रहेर मोडल जीवन खडकाले पनि आक्रोस पोखेका छन् । मोडल जीवन खडकाले आफ्नो सामाजिक संजाल फेसबुकमा लेख्नु हुन्छ “आज यौटा गीत सुने अनि पुरानो गीत जस्तो लाग्यो अनि फेरि सुने अनि यो गीत को भाका कतै मेल खायको को जस्तो लाग्यो हुन त मलाई कसै सङ्ग लिनु दिनु त छैन तर नि उकलो लाग्दै गरेको नेपाली लोक सङ्गीत मा आज भोलि येस्तै गीत को भाका जुदाउदै जानी हो भने केही दिन लाई मात्रै होला।सिर्जना गर्नी ले नि बुझ्न पर्छ येस्ता कुरा हरु हेरौ यो दुई गीत कतै मेल खायको छ कि नाई।..म चोर होर चुप रे वनपाले..”तेजस रेग्मी त् एउटा उदाहरणका पात्र हुन् । कुनै पनि गित लाई बजारमा ल्याईसके पछी नया सृजना गर्नु पर्छ चोर्ने हैन ! नाम चलिसकेको तेजस जीले गित चोरेर सृजना मेरो भनेर हिड्नु गलत हो ! जय गित जय संगीत
यहि विषयमा जोदिदा आम दर्शक स्रोतालाई अन्योल भएको छ । “बाटो हेरे हुन्छा है घरमा” गित पहिले बजारमा आएको कि खुमन अधिकारीको गित “झोला”पहिले बजारमा आएको । किन गायक तथा सर्जक तेजस रेग्मीलाई खेदो खनेका छन् त् ? तेजस रेग्मीको “बनपाले गित भन्दा पहिले खुमन अधिकारि माथि कुरा उठ्नु पर्ने हैन र ? यो गहन बिषय रहेको छ । एक पटक त्यता पनि सोच्ने कि त् ?
हेर्नुहोस भिडियो जस्ताको त्यस्तै भिडियो :
Comments
Post a Comment