कोरियाली तानाशाह किमले आफ्नै सैनिक मारेर माछालाई खुवाईदिए

उत्तर कोरियाली नेता किम जोङ उनले आफ्ना एक जना सैन्य अधिकारीलाई पिरान्हा माछाको ट्यांकभित्र थुनेर हत्या गरेका छन् । पिरान्हा माछा विश्वमा एक आक्रमक माछाको रुपमा चिनिन्छ । यसको दात निकै तिखो हुन्छ। यसको टोकाइबाट गहिरो चोट लाग्ने बताइन्छ ।

डेली स्टारका अनुसार ती सैन्य अधिकारीलाई किमविरुद्ध षड्यन्त्र रचेर देशमा सैन्य कु गर्ने योजना बनाएको आरोप लागेको थियो । जब किमले यसबारे थाहा पाए उनले ती सेनालाई ब्राजिलबाट ल्याएको संयौं पिरान्हा माछाको ट्यांकभित्र थुनिदिए।

ट्यांकभित्र फाल्नु अगाडि किमका सहयोगीले ती सेनालाई घाइते बनाएका थिए । पछि माछाले उनको शरीरलाई खाएको बताइएको छ । डेली स्टारका अनुसार किम सन् १९६५मा प्रदर्शन भएको जेम्स बोन्डको चलचित्र ‘यु अन्ली लिभ ट्वाइस’ चलचित्रबाट प्रभावित भएका हुन् ।

त्यस चलचित्रमा समेत खलनायकको घरमा पिरान्हा माछाले भरिएको स्विमिङ पुल हुन्छ । जसलाई उनले हत्या गर्न प्रयोग गरेका हुन्छन् । किम सन् २०११ मासत्तामा आए पछि १६ जना सहयोगी र धेरै सर्वसाधारणको हत्या गरिसकेका छन् ।

उनले हत्या गरेकाहरुमध्ये सेना प्रमुख, उत्तर कोरियाको केन्द्रीय बैंकका मालिक र क्यूबा र मलेसियाका दूतावासका मानिसहरु छन् ।

यो पनिः-

मोदीको हवाईयात्रा पाकिस्तानले निर्धारण गर्ने, यस्तो छ खास खुलासा

भारतका प्रधानमन्त्रीको हवाई यात्राको समयावधि पाकिस्तानले निर्धारण गर्ने विषय अपत्यारिलो लाग्न सक्छ तर वास्तविकता यही नै हो ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको किर्गिस्तान भ्रमणका क्रममा हुने हवाई यात्राको समयावधि पाकिस्तानले निर्धारण गर्नेछ । समाचार एजेन्सीहरुका अनुसार मोदीको हवाई यात्रा ८ घण्टा लामो हुने या ४ घण्टाको हुने भन्नेबारे पाकिस्तानले निर्धारण गर्ने भएको हो ।

किर्गिस्तानको राजधानी बिस्केकमा १३ र १४ जुनमा आयोजना हुने सांघाइ सहयोग संगठनको बैठकमा सहभागी हुन भारतीय प्रधानमन्त्री मोदी त्यसतर्फ जान लागेका हुन् । उनको हवाई मार्ग भने अझै निश्चित हुन सकेको छैन ।

पाकिस्तानले हाल आफ्नो आकाशमाथि व्यावसायिक उडानमा बन्देज लगाएको छ । पाकिस्तानी आकाश प्रयोग गर्ने ११ हवाई रुटमध्ये दुईवटा रुटमात्र खुला छ । ती दुवै रुट दक्षिण पाकिस्तानतर्फ छन् ।

नयाँ दिल्लीबाट किर्गिस्तान जानका लागि पाकिस्तानले आफ्नो आकाशमाथि लगाएको प्रतिबन्ध खुला नगरेमा मोदी सवार विमानले घुमाउरो बाटो प्रयोग गर्नुपर्नेछ । उक्त बाटो करिब ८ घण्टा लामो हुने जनाइएको छ । पाकिस्ताले मोदी सवार विमानलाई हवाई मार्ग खुला गरेको खण्डमा यात्रा अवधि झण्डै आधा कटौती हुनेछ । भारतीय अधिकारीहरुका अनुसार पाकिस्तानले मोदी सवार विमानका लागि आकाशमार्ग खुला गरिदिएमा करिब ४ घण्टामै उनी किर्गिस्तान पुग्नेछन् ।

भारतले पाकिस्तानसमक्ष मोदीको किर्गिस्तान भ्रमणका क्रममा पाकिस्तानी आकाशमाथिको प्रतिबन्ध हटाइदिन आग्रह गरेको जनाइएको छ । पाकिस्तानले यसबारे कुनै प्रतिक्रिया जनाइसकेको छैन ।

यसअघि पाकिस्तानले भारतका तत्कालिन विदेशमन्त्री सुष्मा स्वराज सवार विमानका लागि किर्गिस्तान जाने बाटो दिएको थियो । –एजेन्सीको सहयोगमा

यो पनिः–

नेपालीलाई नराम्ररी फसादमा पार्ने मोदीको नयाँ नियमले २४ घण्टा नबित्दै हावा खायो !

शुक्रबार स्वदेश फर्किन तरखर गरेका ११ नेपालीलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्रा्ष्ट्रिय विमानस्थलले उड्न रोक लगाएपछि यसको सबैतिर चर्चाा सुरू भएको छ।

विमानस्थल अधिकारीहरुले बस वा ट्रेनबाट आएकाहरु फर्कदा पनि त्यसरी नै जानुपर्ने भन्दै विमानमा जान नदिएको पीडितहरूले भारतस्थित रहेको नेपाली दूतावासमा गुनासो गरेपछि कुरा बाहिर आएको हो।

नेपाली नागरिकलाई उड्न रोक लगाइएको सुन्नासाथ भारतीय पक्षसँग कुराकानी गरिएको दूतावासका प्रवक्ता हरि ओडारीले बताए ।उनले भने,’त्यो सुन्नेबित्तिकै हामीले विमानस्थल अध्यागमनसँग कुराकानी गर्‍यौ, उहाँहरुले रोक्ने नीति छैन भन्ने जवाफ दिएका हुन्।’

शनिबार दूतावासले ट्विट गर्दै अबदेखि इन्दिरा गान्धी अन्तर्रा्ष्ट्रिय विमानस्थलले यस्तो प्रकृतिको घटना नदोहराउने जनाएको छ।

यो पनिः–

नेपालीका लागि मोदीले ल्याए यस्तो नयाँ नियम, थाहा पाउनुहोस् नत्र फसादमा परिएला !

तीर्थाटन, व्यापारलगायत प्रयोजनले भारत आएर शुक्रबार स्वदेश फर्किदै ११ नेपालीलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्रा्ष्ट्रिय विमानस्थलले उड्न रोक लगाएको छ । तीमध्ये एक जना नेपाल वायुसेवा निगम र १० जना भुटान एयरबाट काठमाडौं फर्किदैं थिए ।

विमानस्थल अधिकारीहरुले बस वा ट्रेनबाट आएकाहरु फर्कदा पनि त्यसरी नै जानुपर्ने भन्दै विमानमा आएकाहरु जान नदिएको पीडितले बताए । ’तिमीहरु जुन बाटो आएका हो, त्यही बाटो फकर्नुपर्ने नियम छ,’ भारतीय अधिकारीलाई उद्धृत गर्दै एक नेपाली यात्रुले भने । विना पूर्वसूचना भारतीय पक्षबाट लगाइएको अघोषित नियमका कारण नेपालीले सास्ती खेप्नुपरेको हो ।

काठमाडौं, चाबहिलका लालबाबु चौधरी सपरिवार वैष्णोदेवी दर्शन गरेर घर फर्किन शुक्रबार बिहान आठै बजे विमानस्थल पुगे । लजेग बुझाए, बोर्डिङ पास पनि लिए । उनको परिवार आउँदा गोरखपुरबाट रेल चढेको थियो ।

यही कारण देखाएर विमानस्थल अधिकारीले उनलाई विमानमा जान दिएनन् । चौधरी रेलबाट आएर विमानबाट फर्कन लागेको यो पहिलोपटक थिएन । ’यसअघि आफूलाई जे सजिलो हुन्थ्यो, त्यही गरियो, कहिले बस र ट्रेन त कहिले प्लेन,’ उनले भने, ’अहिले बढी गर्मी भएकाले प्लेनबाट फर्कने निर्णय गर्‍यौं । निकै गर्मी छ, बच्चा र महिलालाई जान दिनुस् भन्दा पनि सुनुवाइ भएन ।’

’उड्न नपाउनुको पीडा त छँदै छ, चौधरी परिवारले आफ्नो सामान फिर्ता पाउन दिनभर विमानस्थलमै कुर्नुपर्‍यो । साँझ करिब पाँच बजे मात्र उनीहरुले आफ्नो सामान फिर्ता पाए । फेरि होटलमा गएर बस्न खर्च छैन ।

टिकटको पैसा फिर्ता आउँछ आउँदैन त्यो पनि ठेगान छैन । टिकट काटिदिने एजेन्ट पैसा फिर्ता गर्ने जिम्मेवारी आफ्नो नभएको भन्दै टकटकिएको छ,’ चौधरीले भने । आजको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ ।

भुटान एयरले बोर्डिङ पास लिएर उड्न नपाएकाको पैसा फिर्ता गर्ने जनाएको छ तैपनि उनी ढुक्क छैनन् । ’खै कसको कुरा पत्याउने, आशा छैन, अब ऋण सापट गरेर भए पनि फर्कनुपर्ला,’ चौधरीले भने । बसबाट आएका काठमाडौंका प्रमोद मुडवरीलाई पनि विमान जान दिइएन् ।

व्यापारका सिलसिलामा बीच दिल्ली धाइरहने उनले भुटान एयरको टिकट काटेका थिए । ’यस्तो त कहिल्यै भएको थिएन, हरेक एक दुई महिनामा दिल्ली आउनेजाने गर्छु, जेबाट सजिलो हुन्छ, त्यहीबाट फर्कने गरेको छु तर यसपटक जान मिल्दैन भनियो,’ उनले भने । बिना पूर्वसूचना उड्न नदिएर बिचल्ली पारिदिएको उनको गुनासो छ ।

नयाँदिल्लीस्थित नेपाली दूतावासका प्रवक्ता हरि ओडारीले नेपाली नागरिकलाई उड्न रोक लगाइएको सुन्नासाथ भारतीय पक्षसँग कुराकानी गरिएको बताए । ’त्यो सुन्नेबित्तिकै हामीले विमानस्थल अध्यागमनसँग कुराकानी गर्‍यौ, उहाँहरुले रोक्ने नीति छैन भन्ने जवाफ पाएका छौं,’ ओडारीले भने ।

पीडितहरुका अनुसार अध्यागमन अधिकारीले उड्न दिए पनि कालोसूचीमा राख्ने चेतावनीसमेत दिएका थिए । त्यस्तो धम्की सुनेपछि केहीले स्वेच्छाले उडान नभर्ने निर्णय लिए । औपचारिक रेकर्डमा भने अध्यागमन अधिकारीहरुले उडानमा रोक लगाउनुपछाडि अमान्य कागजात कारण देखाएको स्रोतको दाबी छ । रोकिएका नेपालीसँग नागरिकता र पासपोर्ट थियो ।

जब कि हवाईमार्गबाट नेपाल(भारत आवतजावत गर्दा एउटा भए मात्र पुग्छ । ’आफूलाई जसरी सजिलो हुन्छ, त्यसरी नै आउनेजाने गर्ने हो । यो त हदैसम्मको भारतको हेपाहा प्रवृति भयो, बिनाकुनै जानकारी जे पनि गर्न हुने ?’ उड्न रोकिएका एक जनाले भने ।

नेपालीहरु उपचार र अन्य विभिन्न प्रयोजनले दिल्लीलगायत भारतीय सहर पुग्ने गरेका छन् । उनीहरु अनुकूलता हेरी बस, रेल र विमानबाट आउजाउ गर्दै आएका छन् । ’

आउने र फर्कने कसरी भन्ने त हाम्रो इच्छा हो, कानुन पालना गरेको छ छैन भन्ने पो हेर्ने हो, यो त दुःख दिने नियतबाहेक केही होइन,’ अर्का नेपाली यात्रु सञ्जय जैसवालले भने, ’कालोसूचीमा राख्ने धम्की सुनेपछि कुसरी जबरजस्ती गर्न सकिन्छ ?’

यो पनिः–

आफ्नै दारीवाला सांसदको यस्तो कर्तुत बाहिरिपछि मोदीलाई तनाव

छिमेकी मुलुक भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी लोकसभाको निर्वाचनमा भारी मतका साथ विजयी भएर दोस्रो कार्यकालका लागी पनि भारतीय सत्ताको बागडोर सम्हालेर बसेका छन्, आफुलाई अत्यन्तै इमान्दार र अध्यात्मि ठान्ने प्रधानमन्त्री मोदीलाई उनकै एक सांसदले हालै गरेको एउटा क्रियाकलापले भने लज्ज्ति बनाएको छ ।

भारत उत्तर प्रदेशको उन्नावबाट विजयी भएका भारतीय जनता पार्टी (भाजपा) का सांसद साक्षी महाराज बुधबार सीतापुर जिल्ला कारागार चलान भएका छन । उनले त्यहाँ बन्दी रहेका भाजपा विधायक कुलदीप सेंगरसँग भेटघाट गरेका छन ।

कुलदीप सेंगर उन्नाव जिल्लाको बांगरमउ सिटबाट भाजपाका विधायक हुन् । उन्नावको बहुचर्चित बलात्कार घटनाका मुख्य अभियुक्त हुन् । भेटपछि सांसद साक्षी महाराजले भने, ‘यहाँका हाम्रा निकै यशस्वी र लोकप्रिय विधायक कुलदीप सेंगर धेरै दिनदेखि यो जेलमा हुनुहुन्छ । चुनावपछि धन्यवाद दिनका लागि यहाँ भेट्न आएको हुँ ।’

कुलदीप सेंगर उन्नाव बलात्कार काण्डका मुख्य अभियुक्त भएकाले देश तथा अन्तर्रा्ष्ट्रिय स्तरमा पनि उन्नाव चर्चामा रह्यो । आफन्तको साथ लागेर कामको खोजीमा कुलदीपको घरमा गएका बेला आफूमाथि उनले बलात्कार गरेको पीडित बालिकाको भनाई छ ।

पीडित बालिकाका पिताको मृत्यु भएको छ । उनको मृत्यु पहिलेको भिडियो भाइरल भएको थियो, जसमा उनले आरोप लगाएका थिए कि विधायका भाइ र अरु केही मानिसले उनलाई कुटपिट गरेका थिए ।

कुलदीपविरुद्ध उन्नावको माखी प्रहरी चौकीमा बलात्कार आरोप उजुरी परेको थियो । यो घटनाको जाँच सिबिआईबाट गर्न भएको आदेश अनुसार सिबिआईले नै उनलाई पक्राउ गरेको हो ।

घटनाको जाँचमा ढिलाई भएकाले यसप्रति इलाहाबाद उच्च अदालतले पनि हस्तक्षेप गरेको थियो । साक्षी महाराज र सेंगरको भेटलाई लिएर सामाजिक सञ्जालमा चर्चा भइरहेको छ ।

तर अधिकारीहरु भने यो भेट गलत नरहेको बताउँछन् । सेंगर अभियुक्त रहेको र दोषी प्रमाणित भइनसकेको तथा विधायक पनि रहेकाले भेट गलत नहुने राज्यका महान्यायाधिवक्ताको भनाई छ ।

यो पनिः–

नेपाली गायक बने मोदी सरकारमा मन्त्री, हेर्नुहोस् यस्ता छन् उनका चर्चित गीतहरु (भिडियो सहित)

नरेन्द्र मोदीको दोस्रो कार्यकालका लागि बनेको नयाँ मन्त्रिमण्डलका विषयमा विभिन्न चर्चा भइरहेको छ । नेपालमा नाकाबन्दी लगाउन मुख्य भूमिका खेलेका एस जयशंकार विदेशमन्त्री बन्दा भारत नेपालको सम्बन्ध कस्तो हुने हो भन्ने आम चाँसो बढिरहेको छ भने उनको मन्त्री मण्डलमा परेका करोडपति मन्त्रीका विषयमा पनि चर्चामै छन ।

मोदी सरकारमा एक जना यस्ता मन्त्री पनि छन् जो चर्चित गायक हुन् । जसले प्रस्सत नेपाली गीत पनि गाएका छन् । उनका नेपाली गीत निकै लोकप्रिय छन् । सुपर हिट नेपाली फिल्म गोठालोको ‘धेरै दिन पछि तिमी याद आयौ’ उनले गाएको निकै लोकप्रिय गीत हो ।

भुवन केसीको सुपरहिट चलचित्र नेपाली बाबुको ‘मञ्जरी ए मञ्जरी’ पनि उनैले गाएका हुन् । रेखा थापाको फिल्म शासनको ‘कहाँबाट आउँछ कहाँ जान्छ माया’ उनले गाएको अर्को चर्चित गीत हो । उल्लेखित बाहेक उनले गाएका अन्य धेरै नेपाली गीत चर्चित भएका छन् । उनी हुन् भारतका लोकप्रिय गायक बाबुल सुप्रियो ।

बाबुल सुप्रियो भारतको राज्य पश्चिम बंगालबाट लोक सभा सांसद निर्वा्चित भएका हुन् । नैबेला कम्यूनिष्ट पार्टीको गढ रहेको बंगालमा हिन्दुवादी भारतीय जनत पार्टीको आधार बनाउन पार्टीले उनको लोकप्रिय छविलाई प्रयोग गरेको छ ।

पश्चिम बंगालको असनसोलबाट सांसद निर्वा्चित भएका बाबुल बंगालमा भाजपालाई स्थापित गराउने अनुहारका रुपमा चिनिन्छन् ।

सन् २०१४ मा पहिलो पटक पश्चिम बंगालमा आफ्नो अस्तित्व काम गर्दा भाजपाले २ स्थानमा विजय हासिल गरेको थियो । जसमा एकजना बाबुल सुप्रियो थिए । यसपटक बंगालमा भाजपालाई १६ स्थानमा विजयी बनाएका बाबुललाई मोदी सरकारमा मन्त्री बनाइएको हो ।

बाबुल मोदी सरकारमा वातावरण राज्यमन्त्री बनेका छन् ।

The post कोरियाली तानाशाह किमले आफ्नै सैनिक मारेर माछालाई खुवाईदिए appeared first on H Khabar.

The post कोरियाली तानाशाह किमले आफ्नै सैनिक मारेर माछालाई खुवाईदिए appeared first on Anedia Nepal.

Comments